डि.भीको लागि आवेदन खुला, यसरि दिनुहोस् आवेदन

कामठाडौँ,असोज १८ । सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी) को लागि आवेदन खुला गरिएको छ। नेपाली समयअनुसार असोज १७ गते राति ९ः४५ बजेबाट आवेदन खुला गरिएको हो ।
डिभीको आवेदन नोभेम्बर ७ अर्थात् कार्तिक २१ गतेसम्म भर्न सकिने छ। इच्छुक आवेदकले निःशुल्क आवेदन दिन पाउनेछन्।
सन् २०२५ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डि.भी) आवेदन फारम भर्नु पर्नेछ।