रिगलको आममाफीविरुद्ध परेको रिटमा सुनुवाइ सुरु



काठमाडौँ,असोज १८ । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ ।

आममाफीविरुद्ध मृतक चेतनकी श्रीमति भारतीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सुरु भएको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवौं संविधान दिवसको अवसरमा रिगललाई आममाफी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्