गर्मी ठाउँमा हुने तरबुजा मुस्ताङमा पनि फल्यो



मुस्ताङ,असोज १८ । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा हुने तरबुजा फलाएको छ । समुद्री सतहदेखि दुई हजार छसय ५० मिटरको उचाइमा रहेको मार्फामा पहिलो पटक तरबुजा फलाउन सकिएको हो ।

केन्द्रका निमित्त केन्द्र प्रमुख पद्मनाथ आत्रेयका अनुसार तराइको आँपसँगै नभएर हिमालको स्याउसँगै तरबुजा फलाइएको हो । अध्ययन अनुसन्धानका लागि परीक्षण गरिएकोमा सो परीक्षण सफल भएको उनको भनाइ छ ।

खुल्ला र प्लाष्टिक घरभित्र तथा सिसाको घरभित्र गरी तीन स्थानमा परीक्षण गरिएकोमा खुलामा नफले पनि सिसा र प्लाष्टिक घरभित्रको तरबुजा फलेको हो । हिमालपारिको जिल्ला मुस्ताङमा दिनमाभन्दा रातमा तापक्रम निकै चिसो हुने भएकाले पनि वनस्पतिमा वृद्धि विकासमा निकै प्रतिकुल असर पर्ने देखिएकाले पनि केही असहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्