होटलबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु



पोखरा,असोज १९ । पोखराको लेकसाइडमा रहेको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन ग्याङ्गको गम्भीर घाइते भएका थिए ।

लगत्तै उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार उपचारका क्रममा उनको शुक्रबार निधन भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।

हाम फाल्नेबित्तिकै उद्धार गरी सनलाई उपचारका लागि नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पोखरा स्वास्थ्य प्रतिष्ठान लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्