कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाए



बिराटनगर,असोज २१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सास्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

कार्की सर्वोच्च अदालतको आदेशअनुसार गत भदौ २२ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्