इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छः परराष्ट्रमन्त्री साउद



काठमाडौँ,असोज २१। सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा केही नेपाली हताहत भएको हुनसक्ने बताएका छन् ।

आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको गाजा क्षेत्र नजिक भएको आक्रमणमा केही नेपाली हताहत भएको हुनसक्ने बताएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने ठाउँमा अध्ययनरत रहेका थिए । १७ जना नेपालीमध्ये दुई जना सकुशल रहेका, तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

यस्तै बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेका र केही हताहत भएको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्