नहरमा डुबेको शव फेला
इटहरी,असोज २१ । सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबी बेपत्ता भएको एक व्यक्तिको शव आइतबार फेला पारेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कट्वालको कमाण्डमा खटिएको विपद् व्यवस्थापनसहितको गोताखोर टोलीले खोजतलास गर्नेक्रममा इटहरी १९ घर भएका १९ वर्षका अनीश चौधरीको शव घट्नास्थलदेखि एकसय मिटर पूर्वतर्फ करिब १५ फिट गहिराइमा शव फेला पारेको हो ।
बराह बाहिनीका सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितका अनुसार साथीहरूसँग पौडी खेल्नगएका चौधरी सोहीक्रममा डुबी बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको मृतकको शवलाई थप अनुसन्धान र कारबाहीको क्रममा इलाका प्रहरी कार्यालय पकलीलाई बुझाएको छ ।