शिक्षकले उठाएका जायज माग सम्बोधन गर्न सरकार तयार छः शिक्षामन्त्री राई



काठमाडौं,असोज २१ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित शिक्षा विधेयकबाट शिक्षकहरुले उठाएका जायज माग सम्बोध गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विधेयकका बारेमा सैदान्तिक छलफलकाक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राईले संविधानले गरेको व्यवस्थालाई आत्मसाथ गर्दै शिक्षकहरुले उठाएका जायज माग सम्बोधनका लागि आाफूहरु तत्पर रहेका बताएका हुन् ।

उनले प्रस्तावित विधेयक सरोकारवाला सबैपक्षसँग छलफल गरेरनै ल्याईएको समेत दाबी गरेका छन् । उनले उक्त विधेयकका बारेमा सरोकारवालाहरुले दिएका उचित सुझावलाई ममन गरेर अगाडी बढ्न सरकार तयार रहेकोसमेत बताए ।

‘शिक्षकहरूसँग भएका समझदारी सम्बोधन हुनुपर्छ भनेर धेरै माननीयहरूले राय राख्नुभएको छ,’ उनले भने, ‘उपयुक्त र जायज मागहरूलाई सम्बोधन गर्न सरकार सकारात्मक छ।’

प्रतिक्रिया दिनुहोस्