जिप दुर्घटनाका घाइते तीन जनालाई हवाईद्वारा उद्धार



हुम्ला,असोज २१ । जिप दुर्घटनाका घाइते तीन जनालाई हवाईद्वारा उद्धार गरिएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका तीन घाइतेलाई हवाई साधनद्वारा उद्धार गरिएको हो । 

हुम्लाको सिमकोटदेखि ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा घाइते भएका पामा लामा, देवजंग बोहरा र ध्रुव शाहीलाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्