तरुण दल नुवाकोट नयाँ ढंगले अगाडि बढाउन लागिपरेको छु- नेता गुरुङ



नुवाकोट,असोज २२ । नेपाली काङ्ग्रेस तथा तरुण दल नुवाकोटका नेता सन्जिव गुरुङले नुवाकोट तरुणलाई नयाँ ढङ्गका साथ अगाडि बढाउने बताएका छन् ।

आइतबार काठमाडौंमा तरुण दल केन्द्रिय कार्यसमितिले गरेको केन्द्रिय पदाधिकारीको सपथ तथा सम्मान कार्यक्रममा युवा नेता गुरुङले यस्तो बताएका हुन ।

‘अब काङ्ग्रेसका हर युवायुवती पार्टीको झण्डा मुनि रहेर के सहि के गलतबारे स्पष्ट धारणा बनाएर अगाडि बढ्नुपर्छ’ नेता गुरुङले साझापथसगको कुराकानीमा भने-‘अब पनि यो मेरो र तेरो भावना राख्ने हो भने देश कुन देशको चङ्गुलमा फस्ने हो थाहा छैन ।’

प्रखर युवा नेताको रुपमा समेत परिचित गुरुङले पछिल्लो समय गल्ती गर्ने जोकोही नेताकार्यकर्तालाई कार्वाही गर्नुपर्ने माग राख्दै आएका छन् । आइतबार गुरुङसहित ३९७ जना तरुणका केन्द्रिय नेतालाई सपथ तथा सम्मान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्