चिल्ड्रेन पार्कमा डुबेर बालकको ज्यान गयो



बिर्तामोड,असोज २२ । गौरादह नगरपालिका –२ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह –१ का अन्दाजी १४ वर्षीय सत्यम राई रहेको प्रहरीले जनाएको छ ।

पाँचजना साथीसँग खेल्ने क्रममा सत्यम फाउन्टेनमा डुबेको प्रहरीले जनाएको छ । सोमवार बिहान ८.३० बजेको समयमा गौरादह नगरपालिका –१ का लोकबहादुर पौडेलले सानैदेखि पालनपोषण गरी धर्मपुत्र बनाई राखेको बिजेन्द्र राईका छोरा सत्यम राई (पौडेल) मृत अवस्थामा फेला परेका हुन् । 

स्थानीयले बिहान ८.४० बजे इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएपछि प्रहरी टोली खटिएको थियो । बालकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको दमक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्