इजरायलबाट शव ल्याउन विमान तयारीमा राख्ने निर्णय



काठमाडौँ,असोज २२ । इजरायल–हमास द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आइतबार मन्त्रालयमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो । नेपाली नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्वन्द्वमा १० नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्