इजरायलमा मृत्यु हुनेको संख्या एक हजार पुग्यो



काठमाडौँ,असोज २२ । इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायली उद्धारकर्मीले गाजाको दक्षिणी भागमा रहेको रेइमनजिक आयोजना भएको सुपरनोभा फेस्टिभलस्थलबाट एकैपटक २६० शव निकालेका छन् ।

शव संकलन गर्ने काम अझै बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्