रसुवामा आलु बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु



नुवाकोट,असोज २३ । रसुवाको आमाछोरिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आमाछोरिङ्मो-२‚ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ सोही स्थानकी अन्दाजी ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको रसुवाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्