सुन तोलामा ३०० रुपैयाँले बढ्यो, प्रतितोला कतिमा हुंदैछ कारोबार ?



काठमाडौँ,असोज २३ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य एक लाख आठ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तीन दिन देखि सुनको मूल्य निरन्तर बढी रहेको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्