दशैंका लागि एक दिनमा २४ हजार यात्रुले लिए अग्रिम टिकट



काठमाडौँ,असोज २३ । दशैंका लागि २४ हजार भन्दा बढी यात्रुले अग्रिम टिकट लिएका छन् । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दशैं, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका हुन् ।

सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको हुन् ।

नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् । नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्