व्यावसायिक क्रियाकलाप बढाउनको लागि ऐन कानुन र नीतिहरू सुधार जरुरीः अध्यक्ष ढकाल



काठमाडौँ,असोज २३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यावसायिक क्रियाकलाप बढाउनको लागि ऐन कानुन र नीतिहरू सुधार हुनुपर्ने बताएका छन् । मंगलबार ‘दिगो विकास लक्ष्यहरूमा सातौं दक्षिण र दक्षिण–पश्चिम एशिया उपक्षेत्रीय फोरम’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।

दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्र महत्त्वपूर्ण पार्टनरका रूपमा कार्य गरी रहेको उनको भनाइ रहेको थियो । दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढाउन ऐन कानुन र नीतिहरू सुधार हुनु जरुरी रहेको बताए ।

व्यवसायीहरूको आत्मबल बढाउने र रोजगारी सिर्जनादेखि हरेक विषयमा ठुलो योगदान निजि क्षेत्रको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्