हात्तीको आक्रमणबाट बालकको मृत्यु



सर्लाही,असोज २३ । सर्लाहीमा घाँस काट्न जङ्गल गएका एक बालकको मङ्गलबार बिहान हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. २ घर भई  हाल हरिवन नगरपालिका–७, स्थित फुपुको घरमा बस्दै आएका तोयानाथ दाहालका छोरा १४ वर्षीय शिव दाहालको मृत्यु भएको हो ।

बालकलाई गाउँ नजिकको हरिपुर नगरपालिका–१, जानकीनगरस्थित वनमा घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्