बागमती प्रदेशमा अब सरकारी काममा तामाङ र नेपाल भाषा पनि प्रयोग हुने



काठमाडौं,असोज २३ । बागमती प्रदेशमा अब सरकारी कामकाजको लागि तामाङ तथा नेपाल भाषाको पनि प्रयोग हुने भएको छ । तामाङ र नेवार जातीको बाक्लो बसोबास रहेको बागमती प्रदेशको सरकारी कामकाजको लागि अब तामाङ तथा नेपाल भाषाको प्रयोग गर्न पाईने भएको छ ।

बागमती प्रदेशसभा बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक, २०८० लाई पारित गरेसँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपाली सहित नेपाल र तामाङ भाषाले पनि अब कानुनी मान्यता पाउने भएको हो ।

बागमती प्रदेशमा रहेका तामाङ तथा नेवार जातिका मानिसहरुले प्रयोग गर्ने मातृ भाषाको रुपमा रहेको नेपाल तथा तामाङ भाषालाई सरकारी कामकाजको लागि प्रयोगमा ल्याउन पाईने भएपछि काठमाण्डौँ उपत्यका सहित तथा तामाङ बाहुल्य रहेको बागमतीको अधिकांश जिल्लामा कार्यसम्पादन गर्न थप सहजता हुने विश्वास भएको प्रदेशसभा सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्