संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित



काठमाडौं,असोज २३ । यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ । उनी आउने शुक्रबार ४ दिने भ्रमणका लागि नेपाल आउन लागेका थिए । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासचिवको शुक्रबारबाट हुने तय भएको नेपाल भ्रमण स्थगित भएको र भ्रमणको अर्को मिति छिट्टै नै तय हुने जानकारी दिए । 

चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू र अन्य विशिष्ट अधिकारीहरूलाई भेट्ने तालिका रहेको थियो । गुटरेस जलवायु परिवर्तन र शान्ति प्रक्रियाका कामको सन्दर्भमा नेपाल भ्रमणमा आउन लागेका थिए । 

प्रतिक्रिया दिनुहोस्