बिहीबार ४३औं विश्व खाद्य दिवस मनाइँदै



काठमाडौं,असोज २४ । सरकारले यस वर्ष ‘जीवन र खाद्यको आधार पानी’ नारासहित ४३औं विश्व खाद्य दिवस मनाउने भएको छ । सन् १९७० को दशकमा विश्वव्यापी रूपमा विकसित खाद्य सुरक्षाको अवधारणालाई आधार मानेर हरेक वर्ष १६ अक्टोबरका दिन विश्वभर खाद्य दिवस मनाउने गरिन्छ ।

विश्वभर अक्टोबर १६ मा मनाइने खाद्य दिवस नेपालमा भने अक्टोबर महीनाको उपयुक्त दिन छनोट गरेर मनाउने चलन छ, जसअनुरूप नेपालले यस वर्षको विश्व खाद्य दिवस अक्टोबर १२ (असोज २५)मा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कृषि विभागले मंगलवार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन, भोकमरीबाट प्रभाव वर्गको उत्थानका लागि विश्वभर खाद्य दिवस मनाइन्छ । कृषि उत्पादनका विभिन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करीब ६० करोड मानिस दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्