एसीसी यू-१९ प्रिमियर कप क्रिकेटः नेपालले इरानलाई विशाल २७४ रनले हरायो



काठमाडौँ,असोज २५ । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो जित हासिल गरेको छ।

नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछयाएको इरान ३१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले शानदार विजयी सुरुवात गरेको हो । इरानका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान अमेर खोरसान्दले इरानका लागि ३७ रन बनाएका थिए ।

इरानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्