विद्यालय शिक्षा विधेयक समितिमा पठाइयो
काठमाडौं,असोज २६ । प्रतिनिधिसभाको बिहीबारको बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तुत गरेको ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज २६ गते दिउँसो २ बजे बस्नेछ ।