त्रिदेशीय टी–२० शृङ्खला नखेल्ने सन्दीप लामिछानेको घोषणा



काठमाडौँ,असोज २६। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी–२० श्रृङ्खला नखेल्ने भएका छन् । आगामि कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल, यूएई र हङकङबीच शृङ्खलाको आयोजना गरेको छ । तर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू कठिन परिस्थितिबाट गुज्रिरहेकोले खेलमा सहभागी हुन नसक्ने बताएका छन् ।

कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्