प्रतिनिधि सभा बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित



काठमाडौँ,असोज २६ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित भएको हो ।

शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कात्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सरकारले संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य गर्ने तयारी गरेको थियो । तर राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस नेपाल भ्रमणमा आउने भएपछि अधिवेशन लम्बिएको हो ।

प्रतिक्रिया दिनुहोस्