राप्ती हाइड्रोको अध्यक्षमा कुल विक्रम शाह



काठमाडौं,असोज २७ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा कुल विक्रम शाह नियुक्त भएका छन् । कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले बैंकका सञ्चालक रहेका शाहलाई अध्यक्षमा नियुक्त गरेको हो । 

सोही बैठकले सञ्चालक रोहित रौनियारको स्थानमा शुभम प्रकाश उप्रेतीलाई चयन गर्ने निर्णय गरेको छ ।  

यस कम्पनीले रुकुममा ५ मेगावाट क्षमताको रुकुमगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्