कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
काठमाडौं,असोज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो ।
मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए । शुक्रवार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज शनिवार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।
सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनाखतमा आङ्बो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् ।