सरकारको गलत निर्णयका कारण अपराधीहरु उत्साहितः उपाध्यक्ष विष्णु पौडेल



काठमाडौँ,असोज २८। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको गलत निर्णयका कारण अपराधीहरु उत्साहित भइरहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अदालतले दोषी ठहर गरेर जेल पठाएको अपराधीलाई आममाफीको सिफारिस गरेर सरकारले आपराधलाई बढवा दिएको बताएका हुन् । ‘दिनदहाडै खुँडा खुकुरी लिएर मान्छे मार्न जाने, मान्छे मार्ने अपराधीलाई कानुनबमोजिम सम्मानित अदालतले दोषी करार गरेर दिएको सजाय जेलमा बसिरहेको अपराधीलाई रिहा गर्नका लागि अधिकारको दुरुपयोग गरेर सरकारले सिफारिस गर्छ । राष्ट्रपतिले त्यस्तो सिफारिसलाई सदर गरेर पठाउँछन् । अनि हामीले शान्ति सुरक्षा, अमनचयन र मानव अधिकारको रक्षाको कुरा गर्न सुहाउँछ ?’ प्रश्न गर्दै उनले भने।

‘सरकार राजनीतिलाई अपराधीकरण गर्ने अथवा अपराधलाई राजनीतीकरण गर्न सरकारले गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्