राष्ट्रपतिसँग चीनका राजदूतको शिष्टाचार भेट
काठमाडौं,असोज २८ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।