कात्तिक ८ गतेसम्म नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने



काठमाडौँ,असोज २८। नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले दशैंका लागि यात्रुको चाप हुने र यात्रुवाहक सवारी पनि बढी गुड्ने भएका कारण उक्त सडक खण्डमा ठूला मालवाहक प्रवेश निषेध गरिएको जनाएको छ ।

खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई कात्तिक ८ गतेसम्म रोक लगाइने छ ।

यस व्यवस्थाले दसैंमा घर जाने–आउने गर्ने यात्रुलाई सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्