पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा



काठमाडौं,असोज २९ । जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । 

काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत जोखिम सिर्जना हुने भएकाले अफलाइन राइड शेयर नगर्नेतर्फ सचेत रहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्