बुधबार कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
काठमाडौँ,असोज २९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । शनिबार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे बस्नेगरी प्रदेश सभाको बैठकसमेत आव्हान भईसकेको छ ।
उनले विश्वासको मत लिएसँगै दशैं अघिनै सरकारले पूर्णता पाउनेछ । विश्वासको मत लिने तयारी गरेसँगै कार्कीले आज सबै दलसँग छलफल गर्ने भएकमा छन् ।
शनिबार आफ्नो पार्टीका ८ सांसद र एमालेका ३९ सांसद्को समर्थनमा उनी कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।