तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप : वराह क्षेत्र ११ सेमिफाइनलमा



बराहक्षेत्र,असोज ३० । ‘हाम्रो गोल दुव्र्सन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप सोमवारबाट सुरु भएको छ । 

सोमवारको उद्घाटन खेलमा वराहक्षेत्र ११ ले बक्लौरी फुटवल क्लबलाई ३–२ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा वराहक्षेत्र प्रवेश गरेको छ । 

खेल सुरु भएको ३ आँै मिनेटमा वराहक्षेत्र ११ का जर्सी नम्बर ९ का आकाश राईले जर्सी नम्बर १० का सनम राईको पासमा हानेको सुट गोलमा परिणत भएपछि आफ्नो समूहलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको चौधौँ मिनेटमा बक्लौरी फुटवल क्लबका जर्सी नम्बर ११ का आशिष चापागाईले प्रहार गरेको बल गोलमा परिणत भएपछि खेल बराबरी भएको थियो ।

त्यसैगरी, खेलको बाइसौँ मिनेटमा वराहक्षेत्र ११ का खेलाडी जर्सी नम्बर ९ का आशिष राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । 

अग्रता लिएको वराहक्षेत्र ११ लाई पहिलो हापको पैतिसौँ मिनेटमा बक्लौरी फुटबल क्लबका जर्सी नम्बर ११ का आशिष चापागाईले गोल गर्दै खेललाई बराबरी बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्