एक लाख लुटेर भाग्दै गरेका दुई युवा पक्राउ



दाङ,कात्तिक १ । दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ निवासी दिनेश वलीले बैङ्कबाट निकालेको एक लाख रुपियाँ लुटेर भागेका तुलसीपुर उपमहानगरपालिका–५ निवासी २१ वर्षीय आयुष विक र सोही ठाउँ निवासी १८ वर्षीय सुनिल मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक पोख्रेलले भने, ‘‘बैङ्कबाट पैसा निकालेर घर जाँदै गर्दा पैसा लुटिएको प्रहरीले खबर प्राप्त गरेपछि खटिएको प्रहरीले उनीलाई पक्राउ गरेर पैसा फिर्ता गरेको हो ।’’

उनका अनुसार दिउँसै बजारमा पैसा लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानबाट दुई युवालाई नगद एक लाख रुपियाँ र एक थान मोबाइलसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्