रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित



काठमाडौं,कात्तिक १ । कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० खेल खेलिएको मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा नेपालका कप्तान रोहितले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

नेपालका बलरहरूले युएई लाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४० रनमा रोकेर कप्तानको निर्णयलाई सही साबित पनि गरे । नेपालले छ बल बाँकी छँदा तीन विकेटका क्षतिमा १४४ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्