मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, ५ जना गम्भीर घाइते

मकवानपुर,कात्तिक ३ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतलेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम स्तरका घाइते भएको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।
५ जना गम्भीर घाइतेहरुलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।