नुवाकोट तादीमा बोलेरो गाडी दुर्घटना, चालकको अवस्था अज्ञात



नुवाकोट,कात्तिक ३ । जिल्लाको तादी गाउँपलिका वडा नम्बर २ बाह्रबिसेमा बोलेरो गाडी दुर्घटना भएको छ।

बा २०च ७७१३ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटनामा चालकको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी दुर्घटना भएको बोलेरोमा चालक मात्रै रहेको बुझिएको छ। प्रहरीले चालकको खोजी गरिरहेको बताइएको छ । चालक सिन्धुपाल्चोक इन्द्रावतीका होमबहादुर मगर रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्