दशैँमा यात्रुलाई सास्ती, पहाडमा जाने बसहरुको लुट धन्दामा नियामक मुकदर्शक



काठमाडौँ,कात्तिक ३ । सुदुरपश्चिम प्रदेशको कैलाली धनगढीबाट पहाडी जिल्लामा जाने बसहरुले लुट धन्दा शुरु गरेको छ । प्रदेशको राजधानी धनगढी- अत्तरियाबाट पहाडि जिल्ला जाने बसहरु टिकट भन्दा बढि पैसा असुलेको पाइएको हो ।

सुदुरपश्चिमका पहाडी जिल्लाका अधिकांश मान्छे रोजगारी तथा पढाईका लागि तराईका जिल्ला कैलाली र कञ्चनपुर आउने गर्छन् । दशैंको बेला बस टिकट नपाएको मौका छोपी तोकेको शुल्क भन्दा बढि रकम लिएको पाइएको हो । यसका साथै आवश्यक सिट भन्दा बढि व्यक्तिको टिकट काटि बसको ग्यालरीमा समेत यात्रु बसाउन गरेको छ । टिकटमा मुल्य समेत नखुलाइ यात्रु ठग्ने काम भइरहेको छ ।

यात्रुहरु ठगि रहँदा नियामक निकाय भने मुख दर्शक बनेको छ । प्रहरी प्रशासन समेत बिना चेकजाँच बसहरुलाई छोड्ने गरेको छ । यसले गर्दा यात्रा असुरक्षित बन्दै गएको छ ‌।

दायित्व बोकेको मान्छे मुख दर्शक बन्दा बसहरले मनमानि गरेको र आफु पिडामा परेको धनगढी बाट दिपायल जाँदै गरेका एक यात्रुले बताए । “खै हजुर कस्तो नियम हो नेपालको सधैं ७००/८०० रुपैयाँ दिपायल जाने गरेको थिएँ अहिले १००० भन्दा कोहि तलमा लैजान मान्दैनन्” उनले भने, “जनतालाइ ठग्ने शासन लागु गरेका हुन कि ? यो दशैँ त दशा बनि हरेको हामि सर्वसाधारणलाइ बसको भाडाले हाम्रो घाउमा अझ नुन चुक झर्कियो” ।

नियामक निकायसग जवाफ माग्दा दशैंको बेला यसै हो भनि कुरा टार्न खोज्छन् ।

प्रतिक्रिया दिनुहोस्