नुवाकोट भद्रुटारकी वृद्धा तामाङ बेपत्ता

काठमाडौं,कात्तिक ४ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडा, स्याङ्तान टोलकी एक वृद्धा बेपत्ता भएकी छिन् ।
आफ्नो परिवारसग काठमाडौंको तार्केश्वर नगरपालिका शान्ति टोल बस्दै आएकी ७० वर्षीया वृद्धा सेती तामाङ बेपत्ता भएकी हुन।
वृद्धाकी छोरा रामबहादुर तामाङका अनुसार आमा कात्तिक १ गतेदेखि हराइरहेकी छिन् । नेपाली भाषा खासै बोल्न नसक्ने वृद्धाको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । कहिकतै देखेमा वा फेला परेमा ९८४१८९१५६३ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।