ट्याक्टरको ठक्करबाट बालकको मृत्यु



जाजरकोट,कात्तिक ४ । जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारको शुक्रबार राति ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले ट्याक्टरको ठक्करबाट  बालकको मृत्यु भएको र अन्य आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्