फूलपातीको अवसरमा घोडादौड प्रतियोगिता, लक्ष्मी बोहोरा बने पहिलो

जुम्ला,कात्तिक ५ । फुलपातीको अवसरमा जुम्लाको गुठीचौरमा आयोजित घोडादौड प्रतियोगितामा लक्ष्मी बोहोरा विजयी भएका छन् । उनले पुरस्कारस्वरूप नगद आठ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा प्रकाश रोकाया दोस्रो र कालिबहादुर बोहोरा तेस्रो भए । रविन्द्र बोहोराले सान्त्वना पुरस्कार पाए । दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ४ हजार र सान्त्वना पाउनेले १ हजार रुपैयाँ पुरस्कार पाए ।
विजयी घोडचडीहरूलाई राष्ट्रिय घोडचडी महासंघले एक एक ब्लांकेट र ज्याकेट प्रदान गरेको वडा नं. २ का वडासदस्य भीमबहादुर बोहोराले जानकारी दिए । प्रतियोगितामा ५१ घोडा सहभागी भएका थिए ।
गुठीचौर युवा क्लबको आयोजनामा गुठीचौर गाउँपालिका–२ गुठीचौरमा प्रतियोगिता भएको थियो ।