नुवाकोटमा भुकम्पको धक्का महसुस

नुवाकोट,कार्तिक ५ । नुवाकोटमा भुकम्पको धक्का महसुस भएको छ । नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौसहित विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको हो ।
अहिले विहान ७ बजेर ३९ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो ।
भूकम्प ६.१ म्याग्निच्युडको रहेको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु भने धादिङको खरी भन्ने स्थानमा रहेको बताइएको छ ।