आज महाअष्टमी, शक्तिपीठमा बली दिएर मनाइँदै

काठमाडौं,कात्तिक ५ । नेपालीहरुको महान चाड बडा दशैंको आज आठौं दिन महाअष्टमी मनाईदै छ । हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व बनाउने गरिन्छ ।
शक्तिकोस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घर तथा शक्तिपीठ र देवका मन्दिरहरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइने गरिन्छ ।
आज शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवा लगायत पशुपंक्षी पञ्चवलीे बलि दिने गरिन्छ । मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाहाकारीहरुले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।
विशेष गरि महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पुजा तथा वली चडाउने गरिन्छ ।