दशैं बिदाः यी १८ पुस्तक पढ्ने कि ?

काठमाडौँ,कात्तिक ६ । दशैका लागि सरकारी अफिसदेखि सबै निजी क्षेत्रमा समेत बिदा भइसकेका छन् । लामो दुरीको यात्रा गर्ने ब्यक्ति आफ्नो गन्तब्य स्थान सम्म पुगि सकेका समेत छन् । वर्ष भरी सबै भन्दा लामो बिदा दशैं तिहारमा हुने भएकाले मानिसले यो समयमा अनेकौ तरिकाबाट रमाइलो गने खोजि रहेका हुन्छन । कोही साथिभाइसँग घुम्न जाने, कोही गाउँघर मै रमाउने, कोही घरायसी काम सिक्ने, कोही नयाँ किताब अध्ययन गर्ने लगायत अनेकौ सोच बनाएका हुन्छन् ।
विद्यार्थी र कर्मचारीको लागि बर्ष भरीको लामो विदा यसै पाला हुन्छ । कर्मचारीले थप एक महिनाको तलव दशै खर्च भनेर पाउछन् । त्यसलाई खानपिन र नयाँ कपडामा मात्रै खर्च गर्दैनन् । नयाँ पुस्तक पनि खरीदछन् । लामो दुरीको यात्रा गर्दा बसमा किताब बढ्दा समेत उपयुक्त हुन सक्छ । हामीले भने आज दशैं बिदाको समयमा कुन पुस्तक पढ्दा उपयुक्त तथा समय सार्दभिक हुन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरेका छौ ।
पुस्तक पढ्दा आनन्द आउँछ । पुस्तकले मान्छेलाई सबैकुरा बुझ्ने र देख्ने बनाउँछ । पुस्तकले मानिसलाई भद्र तथा परिपक्व बनाउँछ । यति मात्र होइन, मानिसको व्यक्तित्वमा सकारात्मक प्रेरणा पनि थपिदिन्छ । राम्रो पुस्तकले व्यक्तित्व विकासदेखि आफू तथा समाज र जीवनप्रतिको बुझाइ फराकिलो बनाइदिन्छ । राम्रा पुस्तकले मानिसलाई सन्तुष्टि, र शान्ति दिन्छ ।
प्रतिस्पर्धा बजारमा हामीले भनेका पुस्तक मात्र उपयुक्त हुन् भनाइ हाम्रो होइन तर यी पुस्तक बढ्दा तपाईलाई केही कुरा सिक्ने मौका अवश्य मिल्नेछ ।
चिना हराएको मान्छे ः हरिवंश आचार्य
चिना हराएको मान्छे नेपाली हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो । पुस्तक आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अन्य विषयलाई समावेश गरिएको छ । यस पुस्तकले जीवन आउने समस्यालाई सामना कसरी गर्ने यसले सिकाउँछ ।
सुविन भट्टराई– इजोरिया
उपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा रहेको छ । अहिले उक्त पुस्तक समाजिक संजालदेखि बजारमा चर्चा पाइरहेको छ । पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन् । यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराईले यस पटक भने कथा टिप्न मधेस पुगेका छन्।
‘इजोरिया’ मैथिली शब्द हो । यसको अर्थ जुनेली हो ।
‘मेरो मान्छे’
साहित्यकार कुन्ता शर्माको यो कविता सङ्ग्रह हो । अन्तर्राष्ट्रिय साहित्य समाजले अमेरिकामा एक कार्यक्रमसहित एक हजार अमेरिकी डलर राशिको ‘उत्कृृष्ट कविता सङ्ग्रह पुरस्कार २०१९’ केही समयपछि यो पुस्तकलाई दिँदैछ । लेखक शर्माको नाम नेपाली आन्दोलनको इतिहासमा पनि आउने गर्दछ । उहाँ आफै पनि सशक्त आन्दोलकर्ता हुनुहुन्थ्यो ।कवितामार्फत समाजलाई सचेत गराउन थुप्रै सिर्जना बाहिर ल्याउनुभएका शर्माको ‘पोथी बास्नु हँुदैन’ जस्ता निकै मर्मिक र सशक्त कविता पनि बाहिर आएका थिए ।‘मेरो मान्छे’भित्रको कविताले चेतनाको बिगुल फुकेको छ । एउटा मानिस कसरी बाँच्नुपर्छ । विद्रोह के हो । केका लागि विद्रोह, मानवीय व्यवहार र सामाजिक अवस्था सबैको ज्ञान यसबाट लिन सकिन्छ ।
‘रोबोटका आँखा’
लेखक नरेन्द्रराज पौडेलका थुप्रै कृति बाहिर आएका छन् । त्यीमध्ये ‘रोबोटका आँखा’ले सर्वाेत्कृष्ट पुस्तक पुरस्कार पाउन सफल छ । २ हजार अमेरिकी डलर राशिको यो पुरस्कार पाउने पुस्तक कमै छन् ।पौडेलका कलम निबन्ध, नियात्रा र कविता लगायत सबै विधामा चलेको देख्न सकिन्छ । लामो समय नेपालको प्रशासनमा योगदान गर्नु भएका पौडेल धेरै क्षेत्र घुमेका व्यक्ति पनि हुनुहुन्छ । उहाँको जेजति अनुभव छन् ती सबै कथामार्फत बाहिर आएका छन् ।
नेपाली कथाको अवस्था, ट्रेन्ड लगायत विभिन्न पक्ष बुझ्न यो पुस्तक उपयुक्त हो भन्ने मेरो धारणा हो । अचेल दैनिक आधा दर्जन पुस्तक विमोचन हुन्छन् । तीमध्ये विश्व बजारमा जाने पुस्तक कमै हुन्छन् । यो पुस्तक त्यसमा पर्छ ।
पागल बस्ती
सरुभक्तको उपन्यास पागल–बस्ती प्रेम र अहमको रणभूमि हो । नेपाली साहित्यमा पागल बस्ती नपढ्ने सायद कमै होलान् । पुस्तक हरेक लेखक र पाठकका लागि पढ्न अपरिहार्य छ । यो पुस्तकमा चित्रण गरिएको प्रेमका र जीवनका कुराहरु मलाई असाध्यै मन परेको थियो । साधारण भाषामा लेखिएको यो पुस्तक पनि सबैले एकपटक पढ्नैपर्छ जस्तो लाग्छ ।
बदलिँदो नेपाली समाज– चैतन्य मिश्र
बदलिँदो नेपाली समाज परिवर्तनको मझधारमा रहेको नेपाली समाजको जिउँदो तस्बिर हो । यस पुस्तकमा राज्यसत्ता, समाज, परिवार र व्यक्तिबीचका सम्बन्ध, सङ्घर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे माक्र्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो विश्लेषण गरिएको छ । यस पुस्तकमार्पmत नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ । चैतन्य मिश्र नेपालका अगुवा समाजशास्त्री हुन् । मौलिक, आलोचनात्मक र अद्यावधिक सोचाइ एवम् लेखाइका लागि समाजशास्त्रीय क्षेत्रमा मिश्रजति उचाइ पाएका नेपाली चिन्तक कमै छन् । मिश्र नेपालमा विकसित भइरहेको विशिष्ट चरित्रको पुँजीवादबारे माक्र्सवादी दृष्टिकोणबाट खोज र विश्लेषण गर्दै आएका छन् ।
तुषानल–देवप्रकाश त्रिपाठी
पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ कृति राजनितीमा चासो राख्नेका लागि उत्कृष्ट पुस्तक हुन सक्छ । तुषानल अर्थात् भुसको आगोको नाममा प्रकाशन भएको पुस्तकमा मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताको भूमिका, देशको अवस्थालगायत विषयवस्तु समेटिएको छ ।
रवीन्द्र मिश्रका उत्कृष्ट पुस्तक
राजनीतिमा चासो राख्नेले पढ्नै पर्ने अर्को पुस्तक प्रयोगशाला पनि रहेको छ । रवीन्द्र मिश्रको विचार भन्दा माथि देश पनि उत्कृष्ट पुस्तक रहेको छ भने राजनितीसँगै राजकाज पनि उत्कृष्ट पुस्तक हुन सक्छ ।
सेतो बाघ (उपन्यास) –डायमनसम्शेर राणा
उपन्यासहरुमा सेतो बाघ नेपालको कहाली लाग्दो इतिहासको सुन्दर प्रश्तुति हो । पढ्दा पटक्कै अल्छी नलाग्ने, सुरुदेखी अन्त्यसम्मै पाठकलाई बाँधेर राख्न सक्ने यस्ता उपन्यासहरु नेपाली साहित्यमा कमै देख्न पाइन्छ । यसमा जङ्गबहादुरको वंशको पतन कसरी भयो भन्ने कुरा देखाईएको छ । प्रेमका कुराहरु पनि छन् साथै ईर्ष्या, घृणा, धोका, षड्यन्त्र आदीको पनि सजीव चित्रण गरिएको छ । पैसा, पावर र कुर्सीले कसरी आफन्त–आफन्तहरु विचमै दुश्मनी पैदा गराउँछ भन्ने जान्न चाहनु हुन्छ भने यो उपन्यास पढ्नुस । पुरानो उपन्यास भएपनि यसमा बुझ्दै नबुझिने, कठीन शब्दहरुको प्रयोग गरिएको छैन ।
हिटलर र यहुदी
हिटलर र यहुदी नेपाली सुप्रसिद्ध मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो । जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । कोइरालाको लेखन शैलीको त तारिफ गरेर कहिल्यै सकिँदैन । उहाँको भाषाशैली देखि विषयवस्तु सबै उत्कृष्ट छ । यो पुस्तक पनि मैले पढेका मध्ये उत्कृष्ट लाग्छ ।
अन्य
ऐठन
अन्तरमनको यात्रा
छापामारको छोरा
सेतो धर्ती
एक हातको तालि
नयाँ ईश्वरको घोषणा
पल्पसा क्याफे
नेपालको सिमाना