अवैध लागूऔषधसहित पक्राउ

काठमाडौँ,कात्तिक ८। फिदिम नगरपालिका १ बुद्धचौक बस्ने ३२ वर्षीय भरत श्रेष्ठ, २४ वर्षीय युजन थापा र सोही नगरपालिका(३ बस्ने २६ वर्षीय डेजिहाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले भरतको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यता, बढैयाताल गाउँपालिका(८ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके राप्ति सोनारी गाउँपालिकास्थित चिलोरीया गाउँ बस्ने २१ वर्षीय टेक बहादुर घर्ती र कोहलपुर नगरपालिका १२ बस्ने १६ वर्षीय किशोर रहेका छन् । उक्त स्थानमा गस्तीमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।