काभ्रेमा सात वर्षमा ८४९ सहकारी बेपत्ता



काभ्रे,कात्तिक ११ । काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् । 

जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।

अध्ययनबाट काभ्रेको जनसङ्ख्याभन्दा दोब्बर सङ्ख्यामा सहकारीको सेयर सदस्य रहेको पाइएको छ । सहरी क्षेत्रका स्थानीय तहमा एकै व्यक्ति धेरै वटा सहकारीमा सदस्य बनेको देखिए पनि ग्रामीण भेगमा भने अझै सहकारीको अभियान पुग्न सकेको छैन । 

२०७८ सालको जनगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसङ्ख्या तीन लाख ६४ हजार ३९ छ तर काभे्रपलाञ्चोकका सहकारीमा छ लाख ६९ हजार १८ जना सदस्य छन् । तीमध्ये १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या ३० हजारभन्दा धेरै रहेको अध्ययनबाट थाहा भएको छ । सहकारीमा उनीहरू सदस्य छैनन् ।

प्रतिक्रिया दिनुहोस्