नुवाकोट विदुरका खड्का काठमाडौंमा मृत भेटिए



काठमाडौँ,कात्तिक ११ । काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत भेटिएका छन् । 

नुवाकोट विदुर नगरपालिका वडा नम्बर ९ स्थायी ठेगाना भएका वर्ष ४९ का दीपक खड्का काठमाडौंस्थित टोखा नगरपालिका वडा नम्बर ३ सूर्यदर्शन हाईटमा घरमै मृत भेटिएका हुन् ।

यसैगरी काठमाडौँ महानगरपालिका-१५ बिजेश्‍वरी डेरा गरी बस्ने दोलखा वैतेश्‍वरी गाउँपालिका-१ घर भएका ३० वर्षीय अरुण लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्