काठमाडौंको कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बन्ने



काठमाडौं,कात्तिक १२ । कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ ।

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिइन । कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम समस्या समाधान उपायसहितको अध्ययन गर्न सरकारले जाइकालाई जिम्मेवारी दिएको थियो ।

भेहिकल अन्डरपास र फ्लाइओभर निर्माणसँगै काठमाडौँको ट्राफिक व्यवस्थापनको टाउको दुखाइका रूपमा रहेको सो ठाउँको समस्या स्थायी रूपमा समाधान हुने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्