बाराको सिमरामा बस दुर्घटना, १ को मृत्यु, २ गम्भिर



बारा,कात्तिक १२। बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा भएको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो । विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर बस सडकको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोतिहारी घर भइ वीरगञ्ज बस्ने २७ वर्षका मुकेश साहको मृत्यु भएको प्रहरीको भनाई रहेको छ । अन्य घाइते ११ जनाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। घाईते मध्य दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्