मकवानपुरको बागमतीमा मोटरसाईकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं,कात्तिक १२। मकवानपुरको वागमति गाउँपालिका वडा नम्बर–७ लामिटारमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको गएराती मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गमा झुरझुरे तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिन गई दुर्घटना भएको हो ।
दुर्घटनामा बागमती गाउँपालिका वडा नम्बर–६ ठाडीखोला बस्ने २२ वर्षिय सन्तोष दर्लामीको उपचारका क्रममा काठमाण्डौंको न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल पछाडी बस्ने ठाडीखोला बस्ने २२ वर्षिय प्रदिप लोप्चन घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकलमा उपचारपछी घर गएका छन् ।